नहरमा खस्यो कार, १० जना घाइते

२०८१ बैशाख १, शनिबार

राजविराज : इद पर्वको अवसर पारेर घुम्न हिडेका एकै परिवारका ११ जना बिहीबार राती एक्कासी आएको हावाहुरीका कारण दुर्घटनामा परेका छन् ।

दुर्घटनामा एक बालकको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । प्रहरीका अनुसार प्रदेश३–०१–०२२च.१३५० नम्बरको सुजिकी कार चढी घुम्न निस्केका हनुमाननगर कंकालिनी नगरपालिका १२ निवासी सल्मान अलीका परिवार दुर्घटनामा परेका हुन् । कोशी ब्यारेज घुमेर घर फर्किदै गर्दा राती ९ः२० बजेतिर उक्त कार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ सकरदहीस्थित कोशी नहरमा खसेर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सो समयमा एक्कासी चलेको हावाहुरी र कारमा अत्याधिक भारका कारण चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनामा सल्मान अलीका ५ वर्षिय छोरा गम्भिर घाइते भई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीको भनाई छ । यस्तै दुर्घटनामा सल्मान अली, उनका ४ वर्षिय कान्छो छोरा आशिक अलीसहित १० जना घाइते भएको र उनीहरुको बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको खबर पाए लगत्तै पुगेको प्रहरी टोलीले घाइतेहरुको उद्दार गरि अस्पताल पु¥याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । अचानक चलेको हावाहुरीका कारण बाटो देख्न नसकि चालकले नियन्त्रण गुमाउँदा सडकभन्दा करिब १२ फिट तल कोशी नहरमा खसेर कार दुर्घटनाग्रस्त भएको स्थानियहरुले बताएका छन् । इदको अवसरमा घुम्न निस्केका पुरै परिवार घर नपुग्दै दुर्घटनामा परेको खबरले सो वडा नै शोकमग्न बन्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार