धादिङमा ट्रक दुर्घटना : एकको मृत्यु, नौ घाइते

२०८१ बैशाख २, आईतवार

धादिङ : धादिङको खाल्टेमा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमा मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते छन् । घाइतेको अवस्था गम्भीर रहेको स्थानीयले जानकारी दिएका छन् ।

नीलकण्ठ नगरपालिका ५ खाल्टेको पतेनीबाट पतेनीबेसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पाल्पाली टोलमा दुर्घटना भएको हो दुर्घटनामा केही मानवीय क्षति भएको बताइए पनि के कति क्षति भएको खुलेको छैन । दुर्घटनाको खबर पाए लगतै प्रहरी र एम्बुलेन्स घटनास्थलतर्फ जाँदै छ ।

स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको सोही स्थानमा रहेका नेपाल रेडक्रस सोसाइटीका मन्त्री नेमबादुर श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार