आखिर कसले हान्यो सलमान खानको घरमा गोली?

२०८१ बैशाख २, आईतवार

मुम्बई : आज (आइतबार) बिहानै ५ बजे मुम्बईको बान्द्रास्थित बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली प्रहार भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टअगाडि दुई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले ४ राउन्ड फायरिङ गरेका हुन्।लगत्तै मुम्बई प्रहरीको अपराध शाखा अनुसन्धानका लागि उनको निवास पुगेको छ। सलमानको घरको सुरक्षा बढाइएको छ। गोली प्रहार हुँदा सलमान घरभित्रै थिए।

आखिर उनको घरमा कसले हान्यो गोली? अहिलेसम्म पत्ता लागेको छैन। तर हालैका दिनमा सलमानलाई लरेन्स बिश्नोईले पटकपटक हत्या गर्ने धम्की दिएका थिए। यद्यपि अहिले उनी जेलमा छन्। अनुसन्धानरत प्रहरी टोलीले भने उनैको गिरोहप्रति आशंका गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार