लागु औषधसहित दुई जना पक्राउ

२०८१ बैशाख २, आईतवार

काठमाडौँ : बर्दिया र पर्सा जिल्लाबाट अवैध लागु औषधसहित दुई जना युवक पक्राउ परेका छन् ।

बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय मिलिग्रामसहित मधुबन नगरपालिका-९ गाउँ नम्बर १२ बस्ने २१ वर्षीय अर्जुन बिकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी महमदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको बताइएको छ ।

यता पर्साको वीरगन्ज महानगरपालिका-१६ शंकरअचार्य गेटबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ८ सय २० मिलिग्रामसहित मकवानपुर हेटौँडा उपमहानगरपालिका-१० बस्ने २७ वर्षीय सुजन गोलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगन्ज बजारतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार