गहुँ चुट्ने थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

२०८१ बैशाख २, आईतवार

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबार गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ।

गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर भीमदत्त–९  का ४२ वर्षीया कौशादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए। घटनापछि प्रहरीले ट्र्याक्टर र चालक पारस कार्कीलाई नियन्त्रणमा लिएको छ।

‘महिलाको शव परीक्षणका लागि महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको छ’, प्रवक्ता जोशीले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार