![](https://hamrodes.com/wp-content/uploads/2024/04/5.jpg)
काठमाडौं : थाईल्याण्डमा आयोजित The Young Achievers Summit & Award 2024 कार्यक्रममा ‘ग्लोबल लिडरसिप अवार्ड २०२४’ अवार्डबाट युवा तथा सामाजिक अभियान्ता एवं युवा उद्यमी सरोज बानियाँ सम्मानीत भएका छन् ।
करिब १४ बर्ष भन्दा बढी युवाको क्षेत्रमा सक्रिय बानियाँले युवा तथा सामाजिक रुपान्तरणको क्षेत्रमा योगदान पुर्याय बापत यो अवार्डबाट सम्मानित भएको हो । बिभिन्न देशका अन्य युवाहरुलाई समेत अवार्ड दिएको थियो तर ‘ग्लोबल लिडरसिप अवार्ड २०२४’ अवार्डबाट भने बानियाँ मात्र सम्मानित भएको हो । थाईल्याण्डका सांसद माननीय सुपाकोन ताब्तीफाईबुन्तानाले उक्त अवार्ड प्रदान गरेका थिए । बानियाँ हाल नेपाल युवा परिषदका संस्थापक एवं केन्द्रिय अध्यक्ष र मास्टपिस एनवाईसी नेपालका टिम लिडर हुन् । बानियाँ बिगत लामो समय देखि सुचनाप्रविधि व्यवसायमा सक्रिय छन् र ईभाज कार्ड प्रा.लि का प्रवन्ध निर्देशक पनि हुन् ।
बाल क्लब, जुनियर रेडक्रस हुँदै हाल बानियाँ युवाको क्षेत्रमा सक्रिय हुँदै कार्य गर्दै आईरहेका छन् । बानियाँकै नेतृत्वमा हाल ७ वटै प्रदेशका करिब २ हजार भन्दा बढी युवाहरुलाई उत्प्रेरणा जगाउने क्रममा प्रदेश युवा सम्मेलन २०२४ पनि आयोजना गर्दै आईरहेका छन् । जसमध्ये बागमती, लुम्बिनी र कर्णालीमा सम्पन्न भईसक्यो र बाँकी ४ प्रदेशमा पनि आगामी जेठसम्म सम्पन्न गर्ने गरी व्यापक तयारीका साथ लागि परेका बानियाँ यो देशमा युवाहरुलाई सकारात्मक सन्देश प्रवाह गर्दै देशमा नै केही गर्न सक्ने बनाउन पर्छ भन्दै अंग्रपक्तिमा सक्रिय भई लागि परेका छन् ।
बिशेषगरी यो अर्वाड युवाको क्षेत्रमा काम गर्दै नेतृत्वदायी भूमिकाको रुपमा अनवरत रुपमा सामाजिक रुपान्तरणका लागि योगदान गरेबापत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा उल्लेखनीय कार्य गर्ने एक व्यक्तिलाई मात्र प्रदान गर्ने गरेको छ ।