पैसा लिन बैंक जान्छु भनेर हिँडेकी महिला ३ दिनदेखि बेपत्ता

२०८१ बैशाख २, आईतवार

बैतडी : बैतडीमा एक महिला तीन दिनदेखि बेपत्ता भएकी छन् । जिल्लाको डिलासैनी गाउँपालिका ७ धामीगाउँ स्थायी ठेगाना भएकी वर्ष ३२ की धिरा विष्ट बेपत्ता भएकी हुन्।

स्थानीय बजार गोकुलेश्वर पैसा लिन जान्छु भनेर घरबाट हिँडेकी धामी तीनदेखि सम्पर्कविहीन भएको स्थानीय दिलेन्द्र धामीले बताए। उनले भने, ‘घरबाट पैसा लिन्छु भनेर जानुभएको कुरा उहाँको श्रीमानले भन्नुभएको छ । दाइले बैंकमा पठाएको पैसा लिन्छु भनेर जानुभएको तर अहिले सम्पर्कमा हुनुहुन्न।’

बेपत्ता धामीको खोजीका लागि सहयोग गर्न परिवारले आग्रह गरेको छ। श्रीमानसँग उनको सम्बन्ध राम्रो नभएको र अहिले छुट्टै बस्दै आएको बताइएको छ। यसअघि पनि उनी ६ महिनाभन्दा बढी समय सम्पर्क विहीन भएकी थिइन्। उनलाई कसैले देखेमा नजिकको प्रहरी वा मोबाइल नम्बर ९८६१६५१४७४ सम्पर्क गरी सहयोग गर्न परिवारले आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार