इरानलाई जवाफ दिन इजरायली सरकारमा एकमत

२०८१ बैशाख ३, सोमबार

तेल अभिभ : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुद पार्टीका सांसद हनोच मिल्विदस्कीले इरानको आक्रमणको जवाफ दिन इजरायली सरकारमा एकमत रहेको बताएका छन् । ‘हामीलाई थाहा थियो, यो हुन गइरहेको छ । त्यहाँ डर थियो तर हामीले यसलाई जुन तरिकाबाट रोक्यौँ हामी खुसी छौँ,’ उनले बीबीसीको न्युज आवर कार्यक्रममा भने।

उनले भने, ‘मलाई लाग्दैन यो सरकारमा प्रतिक्रिया नदेखाउन सल्लाह दिने कोही छ ।’ इजरायलको युद्ध मन्त्रिपरिषद्मा पनि त्यस्तो सर्वसम्मति छ कि छैन भनेर सोध्दा उनले भने, ‘बिलकुलै छ।’ यो युद्ध मन्त्रिपरिषद् इजरायल र हमासबिच गाजामा कारबाहीको समयमा गठन भएको थियो।

उनले भने, ‘मलाई लाग्दैन सही दिमागमा भएकाहरूले हामीमाथि सयौँ मिसाइलहरू प्रहार गरियो र हामीले जवाफ दिँदैनौँ भनेर सोच्छन् ।’ सांसद मिल्विदस्कीले यो इजरायलको इतिहासमा सबैभन्दा महत्त्वपूर्ण समय भएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार