रास्वपाका चार मन्त्री चुनाव प्रचारका लागि इलाम जाने

२०८१ बैशाख ३, सोमबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार मन्त्रीहरूलाई उपचुनावका लागि इलाम पठाउने भएको छ। इलाम २ मा पार्टीका उम्मेदवार मिलन लिम्बूको चुनावी प्रचार–प्रसारका लागि सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित चार मन्त्री इलाम जाने भएका हुन्।

सभापति लामिछानेले वैशाख ७, ८, ११ र १२ गतेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको महामन्त्री डा. मुकुल ढकालले बताए। शिक्षा मन्त्री सुमना श्रेष्ठ वैशाख ५ र ६ गते इलाम रहनेछिन्। त्यहाँ रहँदा उनी चुनावी घरदैलो र कोणसभामा सहभागी हुनेछिन्।

खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ वैशाख ९ र १० गते इलाम जाँदैछन् भने श्रम मन्त्री डिपी अर्याल (डोलप्रसाद) ले ११ र १२ गतेको सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ। चुनावी कार्यक्रममा जाँदा मन्त्रीहरूले सरकारी सुविधा प्रयोग नगर्ने महामन्त्री ढकालले बताए। वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार