नेपाल र कतारबीच द्विपक्षीय बैठक जारी

२०८१ बैशाख १२, बुधबार

काठमाडौँ : नेपाल र कतारबीच द्वीपक्षीय बैठक जारी छ। नेपाल भ्रमणमा रहेका कतारका राजा कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता सकिए लगतै दुबै मुलुकबीच द्वीपक्षीय बैठक सुरु भएको हो।

बैठकमा नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ। बैठक लगतै कतारसँग ६ वटा एमओयुमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार