काठमाडौँ : कतारले नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न एक संयुक्त संयन्त्र बनाउन कतार तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको प्रतिनिधिमण्डल बीच सोल्टी होटलमा भएको वार्तामा नेपालमा लगानीको क्षेत्र पहिचान गरी अध्ययन गर्न संयन्त्र बनाउन कतार तयार भएको हो ।
प्रधानमन्त्री दाहालका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाका अनुसार प्रधानमन्त्री दाहाल र अमिर तमिमबीच एकदमै सौहार्दपूर्ण, हार्दिक र आत्मिय भेटघाट र वार्ता भएको छ । भेटमा प्रधानमन्त्री दाहालले नेपालमा लगानीमैत्री वातावरण बनेको भन्दै अब कतारलाई भौतिक पूर्वाधार, विद्युत्, कृषि र शिक्षासम्बन्धीमा लगानीका क्षेत्रहरु लागनी गर्न आग्रह गरेका छन् ।








