कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

२०८१ बैशाख १२, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले बुधबार सूचना निकालेका हुन् ।

सर्वोच्चले १६ चैतमा अख्तियारको निर्णय र त्यसका आधारमा गरिएका परिपत्रहरू बदर गर्ने फैसला सुनाएको थियो । कांग्रेस नेता गुरुङ २०७९ मंसिरको चुनावमा मनाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । तर विशेष अदालतमा दायर भएको मुद्दा विचाराधीन रहेकाले अन्तिम किनारा नलाग्दासम्म निलम्बन रहनुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ पुस २०७९ मा संघीय संसद् सचिवालयलाई पत्र पठायो । त्यसको चार दिनपछि संसद् सचिवालयले गुरुङ निलम्बनमा परेको सूचना निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार