
काठमाडौं : डिजीटल भुक्तानी गर्ने कम्पनी पे वेलका प्रमुख कार्यकारी अधिकृत सत्यन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले हाम्रोदेशलाई बताए । सुनसरीको ईनरुवा घर भएका श्रेष्ठले क्यानडा पठाउँछु भनेर ठगी गरेको आरोप छ । उनले अहिलेसम्म ६८ लाख २० हजार ठगी गरेको उजुरी परेको छ ।
उनलाई थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको एसएसपी राठौरले जानकारी दिए ।