पाहुना लाग्न गएका पुरुषको मृत्यु

२०८१ बैशाख १४, शुक्रबार

हेटौँडा : हेटौँडा उपमहानगरपालिका वडा नं.४ ओमभवनस्थित एक घरमा अचेत अवस्थामा फेला परेका पुरुषको बिहीबार साँझ मृत्यु भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बिहीबार केदार शाहीको घरमा पाहुना लाग्न आएका ललितपुर माहालक्ष्मी नगरपालिका वडा नं.८ बस्ने ५१ वर्षीय रमेश श्रेष्ठको मृत्यु भएको हो । बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा सुतेको कोठामा अचेत अवस्था फेला परेका श्रेष्ठलाई उपाचरका लागि हेटौँडा अस्पतालमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार