बढ्यो सुनचाँदीको मूल्य

२०८१ बैशाख १४, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले बढेको छ । बिहिबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १४ सय रूपैयाँले बढेर १ लाख ३७ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार  भइरहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार