सल बेरिएर बाइक दुर्घटना, एकको मृत्यु

२०८१ बैशाख १५, शनिबार

बर्दीबास : पूर्व–पश्चिम लोकमार्गको बर्दीबास –५ स्थित टुटेश्वरको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अर्का एक जनाको अवस्था गम्भीर छ । मोटरसाइकल पछिल्लो चक्कामा सल बेरिएपछि बाइक दुर्घटना भएको बर्दीबास प्रहरीले जनाएको छ ।दुर्घटनामा परी सर्लाही बागमती –४ कि २२ वर्षीया मोटरसाइकल चालक स्मृति कार्कीको मृत्यु भएको हो । प्रहरीकाअनुसार चिउँडो, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको उहाँलाई दुर्घटनालगत्तै बर्दीबासस्थित शुभ स्वस्तिक अस्पताल भर्ना गरिएको थियो ।

अवस्था गम्भीर भएपछि सघन उपचारका लागि जनकपुरस्थित काब्या अस्पताल लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दुर्घटनामा  टाउकोमा चोट लागि गम्भीर घाइते भएकी ५० वर्षीया उषा कार्कीलाई शुभ स्वस्तिक असपतालमा प्राथमिक उपचारपछि चिकित्सकको परामर्शमा काठमाडौं लगिएको छ ।

बर्दीबासस्थित इलाका प्रहरीका डिएसपी रेवतीरमण पोखरेलकाअनुसार पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको प्रदेश २–०३–००७ प ३३६९ नम्बरको मोटरसाइकलको पछाडि चक्कामा उषा कार्कीको सल बेरिदा दुर्घटना भएको हो । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार