टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

२०८१ बैशाख १५, शनिबार

पाल्पा : पाल्पामा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ४६ वर्षीय जगबहादुर बलाल रहेको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका–१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बलालको घटनास्थलमै मृत्यु भएको दोभान प्रहरी चौकीले जानकारी दिएको छ ।

मोटरसाइकल ओरालोमा पल्टिएको र विपरीत दिशाबाट गएको टिपरले चालकलाई ठक्कर दिएको हुनसक्ने प्रहरीले जनाएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार