सेनाको हतियार भण्डारमा विस्फोट, २० सैनिकको मृत्यु

२०८१ बैशाख १६, आईतवार

काठमाडौँ : कम्बोडियाका प्रधानमन्त्रीले सेनाको हतियार भण्डारमा विस्फोट हुँदा २० सैनिकको मृत्यु भएको बताएका छन्।

प्रधानमन्त्री हुन मानेटले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा शनिबार दिउँसो भएको घटनाले आफू स्तब्ध भएको बताएका छन्।प्रधानमन्त्रीका अनुसार यस विस्फोटमा धेरै सैनिक घाइते भएका छन्। दक्षिणी कम्बोडियाको कम्पोङ स्पेउ प्रान्तमा रहेको सैन्य शिविरमा यो विस्फोट भएको हो।

यो विस्फोट कसरी र कुन परिस्थितिमा भएको हो भन्ने बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन।प्रधानमन्त्रीले मृतक सैनिकका परिवारलाई क्षतिपूर्ति दिने र सैनिक सम्मानका साथ अन्त्येष्टि गर्ने आदेश दिएका छन्। विस्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ । साथै, आसपासका २५ वटा घरमा पनि आंशिक क्षति पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार