हाम्रो नीति लगानीको लागि उदार छ: प्रधानमन्त्री

२०८१ बैशाख १६, आईतवार

काठमाडौं : उदार नीति, दक्ष श्रमशक्ति, लाभांश लैजाने व्यवस्था र सस्तो ज्यालादरले नेपाल लगानीको लागि वातावरण बनेको प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘नेपाल सरकारले हालै लगानी र व्यवसाय क्षेत्रका आठ वटा विभिन्न ऐन कानुन संशोधन गरेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘यसले नेपालमा लगानी गर्न वैदेशिक लगानीकर्ताको मनोविज्ञानमा वृद्धि गर्ने हाम्रो विश्वास छ।’

दोहोरो करबाट मुक्ति, बौद्धिक सम्पत्तिको अधिकार, प्रतिस्पर्धी कर्पोरेट कर लगायतको व्यवस्था रहेकोले नेपालमा लगानीको लागि वातावरण अनुकुल रहेको उनले बताए।

सरकारले हालै द्विपक्षीय लगानी सम्झौता संरचना तयार पारेको भन्दै उनले वैदेशिक लगानीकर्तालाई यस्ता सम्झौता छिटो अगाडी बढाउन आग्रह गरे। उनले नेपालले सबै वैदेशिक लगानीलाई समान व्यवहार गरिरहेको र लाभांश लैजान सक्ने व्यवस्था समेत रहेको उनले जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार