हवाइ टिकट मिलाइ दिन्छु भनि ठगी गरेको आरोपमा ट्राभल सञ्चालक पक्राउ

२०८१ बैशाख १६, आईतवार

काठमाडौँ : सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्क गरी हवाइ टिकट मिलाई दिन्छु भनि ठगि गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

काठमाडौंको बागबजारमा रहेको ‘ज्वाइन्ट भिजन ट्राभल्स एण्ड टुर्स प्रालि’ सञ्चालक वर्ष २९ की सुनिता लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको विशेष प्रहरी टोलीले उनलाई गोकर्णेश्वर नमुना बस्तिबाट नियन्त्रणमा लिएको जनाएको छ।

उनलाई थप अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ। अनुसन्धानका क्रममा उनले नक्कली हवाइ टिकट बनाउने गरेको पाइएको छ। हालसम्म ८ जनाले प्रहरी ठगी सम्बन्धी कसुरमा जाहेरी दिएका छन् भने उनको नाममा बैंकिङ कसुर सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला प्रहरी परिसरमा ३ जनाको निवेदन रहेको प्रहरीको भनाई छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार