
बझाङ : बझाङ- १ को प्रदेशसभामा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले ६७७ मतको अन्तर कायम राखेको छ ।
अन्तिम प्राप्त मत परिणाम अनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ३ हजार ४९७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले २ हजार ८२०, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८८१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ५० मत पाएका छन् ।