बझाङ अपडेट : एमालेलाई पछि पार्दै २४९ मतले अघि लाग्यो कांग्रेस

२०८१ बैशाख १७, सोमबार

कैलाली : प्रदेश सभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार अभिषेक सिंहले अग्रता बनाएका छन् । सुरुवाती चरणमा अग्रता लिएका नेकपा एमालेका उम्मेदवार दमन भण्डारीलाई पछि पार्दै सिंहले अग्रता बनाएका हुन् ।

छविसपाथिभेरा,जयपृथ्वी नगरपालिका , खप्तड छान्ना र सुर्मा गाउँपालिका सबै तथा थलराको ९ नम्बर वडाको गणना गर्दा सम्म कांग्रेस उम्मेदवार सिंहले २४९ मतले अग्रता बनाएका छन् । अहिलेसम्म कांग्रेस उम्मेदवार सिंहले ७ हजार ४८८ मत पाउँदा एमाले उम्मेदवार भण्डारीले ७ हजार २३९ मत पाएका छन् । माओवादी उम्मेदवार जनक बुढाले २ हजार ८९४ र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २हजार १०२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार