सन नेपाल लाइफको वार्षिक साधारणसभा आह्वान

२०८१ बैशाख १७, सोमबार

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार (वैशाख १६ गते) बसेको बैठकले आउँदो जेठ ९ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान १० बजेबाट साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।

सभाले आर्थिक बर्ष २०७९।८० सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैयाँबराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताब पारित गर्नेछ। बोनस शेयर कर प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने ४ करोड ८४ हजार २१० रुपैयाँबराबरको नगद लाभांश पनि सभाले अनुमोदन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार