
काठामाडौँ : इलाम-२ मा आइतबार दिउँसोदेखि मतगणना जारी छ। अहिलेसम्म २२ हजार हाराहारी मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाको झण्डै २० घन्टा पूरा हुँदा २२ हजार हाराहारी मत गणना भएको इलाम २ मा सोमबार भने गणक टोली थप्ने तयारी भएको छ।
१ लाख १५ हजार ८८९ जना कुल मतदाता भएको इलाम २ मा शनिबार भएको मतदानमा ६९ हजार २८७ मत खसेको थियो। त्यसमध्ये २२ हजार हाराहारी मत गणना भइसकेको छ। अझै पनि ४७ हजारभन्दा बढी मत गणना हुनै बाँकी छ।
दलहरु सहमत भयो र टोली थपियो भने आज राति १०–११ बजेसम्ममा गणना सकिन्छ भन्ने ठहर छ ।