
काठमाडौँ : उपनिर्वाचन अन्तर्गत इलामा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
सोमबार अपरान्ह ४ः३० बजे सार्वजनिक भएको मतपरिणाम अनुसार सुहाङले १५ हजार ६५३ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १० हजार ६८ मत ल्याएका छन्।
खड्का भन्दा नेम्वाङ ५ हजार ५८५ मतान्तरले अगाडि छन्। यस्तै, चुनाव चिह्न मूढाले ८ हजार ६८९ मत ल्याउँदा घण्टीले २ हजार ३१३ मत ल्याएको छ।
यो देउमाई वडा नम्बर –३ को मतगणना सम्पन्न भएपछिको परिणाम हो।