चिनियाँ कम्पनीले गर्‍यो नेपालमा सवारी उत्पादनका लागि ३ अर्ब लगानी सम्झौता

२०८१ बैशाख १७, सोमबार

काठमाडौँ : चिनियाँ कम्पनीले नेपालमा विद्युतीय सवारी एसेम्बल गर्ने सम्झौता गरेको छ । लगानी सम्मेलनको दौरान चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा ३ अर्ब रुपैयाँ लगानीको समझदारी (एमओयू) गरेको हो ।

तेस्रो लगानी सम्मेलनको दोस्रो दिन चिनिया कम्पनी अटोबडीले एनके मोटर्ससँग एमओयू गरेको छ । सम्झौता कार्यान्वयन भएमा वार्षिक ५ हजारभन्दा बढी विद्युतीय सवारी उत्पादन हुनेछ ।

सम्झौताअनुसार दुई कम्पनीले नेपालमा सुरुवातमा व्यवसायिक प्रयोजनमा प्रयोग हुने फोर ह्विल सवारी उत्पादन गर्ने छ ।

सम्झौताअनुसार चीनको कम्पनीले नेपालमा सवारी उत्पादनका लागि ३ अर्ब लगानी गर्नेछ । यसअनुसार विराटनगरको बुढीगङ्ग्गामा १५ बिघा जमिनमा उत्पादन सुरु हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार