जात र थर विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन : अध्यक्ष ओली

२०८१ बैशाख १८, मंगलवार

काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताएका छन् । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार विजय भएपछि आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले कोशी प्रदेश नामकरण गर्दा केही पनि नब्रिगिएको बताए । साझा नाम भएकाले कोशी प्रदेशको नामकरण गर्दा केही पनि नबिग्र्र्र्र्र्रने ओलीको तर्क थियो । उनले कोशी प्रदेशको नामकरणलाई लिएर कसैले पनि संवेदनशील बन्नुपर्ने आवश्यकता नभएको बताए ।

अध्यक्ष ओलीले विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, बागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । उनले समृद्ध नेपाल: सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको बताए ।

अध्यक्ष ओलीले अनेकौँ भ्रमपूर्ण कुराहरूलाई चिर्दै एमालेलाई विजयी गराएको भन्दै पार्टीका नेता, कार्यकर्तालाई धन्यवाद व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार