भोलि सार्बजनिक बिदा

२०८१ बैशाख १८, मंगलवार

काठमाडौं : अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा सरकारले भोलि देशभर सार्वजनिक बिदा दिएको छ ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित भएको आन्दोलनले मजदुरको हकहित स्थापित गरेको थियो । त्यसैको सम्झनास्वरूप हरेक वर्षको मे १ लाई मजदुर दिवसका रूपमा मनाइँदै आएको छ ।

सरकारले यसअघि नै गरिसकेको निर्णय अनुसार भोलि देशभर सार्वजनिक बिदा दिएको हो । अन्तर्राष्ट्रिय मजदुर दिवस परेकाले सरकारले बिदा घोषणा गरेको छ । बुधबार शैक्षिक संस्था लगायत सबै सरकारी कार्यालय बन्द रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार