सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी

२०८१ बैशाख १९, बुधबार

काठमाडौँ : पूर्वी नवलपरासी (नवलपुर) स्थित छिपछिपे सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य रहेकी गीता बस्नेत पनि तानिएकी छन्। नवलपुर जिल्ला प्रहरी कार्यालयका एसपी नरहरि रेग्मीले सांसद बस्नेतविरुद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाएको बताए।

उनका अनुसार छिपछिपे सहकारीको रकम हिनामिना गरेको उजुरीका आधारमा सांसद बस्नेतका ज्वाइँ नगेन्द्रबहादुर रिमालसहित ७ जना पक्राउ परिसकेका छन्। रिमाल सहकारीका सचिव हुन्। उनीसहित सहकारी सञ्चालक योगेन्द्र पाण्डे, विकास सापकोट, कृष्ण ज्ञवाली, सञ्जीवकुमार महतोलगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

‘अहिले उनीहरूसहित ७ जना हाम्रै हिरासतमा छन्’, एसपी रेग्मीले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ छिपछिपे सहकारीबाट १६ करोड ६९ लाख रकम हिनामिना भएको उजुरी प्रहरीमा परेको छ। सो रकम सांसद बस्नेतसमेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोर्टमा लगानी गरेको पाइएपछि उक्त प्रकरणमा सांसद बस्नेत पनि तानिएकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार