वेस्ट इन्डिजविरुद्ध नेपाललाई पहिलो सफलता

२०८१ बैशाख १९, बुधबार

काठमाडौँ : नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।

चौथो ओभरको पहिलो बलमा वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे रन आउट भएका हुन् । उनी १० बलमा २७ रन जोडेर आउट भए ।

टस हारेको नेपाल पहिले फिल्डिङ गरिरहेको छ । आजको खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानको जिम्मेवारी सम्हालेका छन् । अघिल्ला खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ ।

आजको खेलमा लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार