ट्याटु बनाउँदा ४० जनालाई सर्‍यो एचआइभी

२०८१ बैशाख २१, शुक्रबार

भारत : भारतको पूर्वाञ्चलका ४० जनामा ट्याटु बनाउँदै एचआइएभी सरेको पाइएको छ। त्यसरी एचआइभी पोजेटिभ हुनेमा बाणारसीका २६, आजमगढका १२, सोनभद्र र मऊका एक-एक जना रहेको अमरउजालालले उल्लेख गरेको छ।

चिकित्सकहरुले एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने बताएका छन्। एउटा सुईकै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चौक-चौराहमा जम्मा २०० रुपैयाँमा ट्याटू बनाइने गरेको पाइएको छ। भारतको पूर्वाञ्चलका विभिन्न जिल्लामा गरी २६ हजारमा एचआइभी पोजेटिभ रहेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार