छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न सक्दैन : सिटौला

२०८१ बैशाख २८, शुक्रबार

काठमाडौँ : राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाएर छानबिन नभएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन्।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पार्टीको आज बसेको संसदीय दलको बैठकले समेत संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न नदिने निर्णय गरेको पनि बताए।

‘संसदीय छानबिन समिति नबसेसम्म दुवै सदनको बैठक अघि बढ्दैन। हामीले संसदीय दलको बैठकबाट पनि निर्णय गरिसकेका छौँ,’ उनले भने। संसदीय छानबिन समिति बनाउनु हुँदैन भन्ने अडानमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै बाधक बनिरहेको जिकिर गर्दै उनले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति जनाए।

‘हामीले राजीनामा पनि मागेका छैनौँ। संसदीय छानबिन समिति बनाऔँ, सत्तापक्ष तपाईंहरू नै हुनुहन्छ भनेका छौँ। छानबिन समिति बनाउनु हुँदैन भन्नेमा सबैभन्दा पहिला त म गृहमन्त्री नै देख्दछु,’ सिटौलाले भने, ‘अर्को समस्या त महान्यायाधिवक्ता। आजसम्म इतिहासमा नभएको घटनामा जुडिसियरी पनि सामेल भएको देखियो। महान्यायाधिवक्ताले कसैलाई क्लिनचिट दिँदै हिँड्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार