अब खेलकुदमा दौडिन्छ कर्णाली : मुख्यमन्त्री कँडेल

२०८१ बैशाख २९, शनिबार

सुर्खेत :कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयलाई चिनेर दौडिएमात्र लक्ष्यमा पुग्न सकिने बताए ।
। प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रेस नेपालले आज आयोजना गरेको कर्णाली हाफ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै उनिले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताए ।

कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै समयमै सम्पन्न गर्न दबाबस्वरुप यो प्रतियोगिताको आयोजना भएको आफूलाई लागेको मुख्यमन्त्री कँडेलले बताउनुभयो । कर्णालीको विकासलाई माग आकाङ्क्षाभन्दा पनि स्रोतसाधनको उपलब्धताका आधारमा कार्ययोजना बनाई काम गरिने उनिको भनाइ छ ।

त्यस्तै, सामाजिक विकासमन्त्री बीरबहादुर शाहीले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णालीलाई चिनाउने अभियानका लागि सुनौलो समय भएको बताए । कर्णालीले पनि खेलकुदमा भारी मात्रामा काम गर्न लागेको छ भन्ने सन्देश दिए उनीले। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेलकुदका माध्यमबाट कर्णाली चिनाउने अवसरका रुपमा पनि यसलाई लिइएको उनिले दाबी गरे । धावक हरिबहादुर रोकायप्रति सम्मान व्यक्त गर्दै यस्तै खालका खेलाडी उत्पादनमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको जोड रहेको उनिको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार