मुम्बइलाई हराउँदै कोलकाता आईपीएलको प्लेअफमा

२०८१ बैशाख ३०, आईतवार

काठमाडौं : कोलकत्ता नाइट राइडर्स इंडियन प्रिमियर लिगको प्लेअफमा पुगेको छ ।

शनिबार राति भएको खेलमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । वर्षाले प्रभावितल भएको खेलमा कोलकत्ताले मुम्बइलाई १८ रनले पराजित गरेको हो । १६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले ७ विकेटको गुमाएर १५७ रन बनाएको थियो ।

कोलकाताका वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए । नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे । ओपनर भने चल्न सकेनन् । मुम्बइका जस्पृत बुम्राह र पियुस चावलाले दुई/दुई विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले एक/एक विकेट लिए । १५८ रनको लक्ष्य पछ्याएको मुम्बइले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्र बनायो । मुम्बइका इशन किसनले ४०, तिलक बर्माले ३२, रोहित शर्माले १९ र नमन धिरले १७ रन बनाए ।

कोलकत्ताका हर्षित राना, बरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुई/दुई तथा सुनिल नारायणले एक विकेट लिए । यो जितपछि १२ खेलबाट १८ अंक जोडेको कोलकाता शीर्ष स्थानमा रहँदै प्लेअफको यात्रा पक्का गरेछ । क खेल खेल्न बाँकी रहेको मुम्बइ भने ८ अंकमा सीमित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार