सहकारी ठगीमा रविका यथेष्ट प्रमाण सरकार आफैँसँग रहेको थापाको जिकिर

२०८१ बैशाख ३०, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको यथेष्ट प्रमाणहरू सरकार आफैँसँग रहेको दाबी गरेका छन् ।

उपप्रधानमन्त्री लामिछानेले सहकारीमा गरेको ठगीको यथेष्ट तथ्य र प्रमाणहरू सरकारी अड्डासँगै रहेको जिकिर गर्दै महामन्त्री थापाले भने, ‘जिबी राईसँग मिलेर उपप्रधानमन्त्री लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मीलगायत थुप्रै सहकारीको हजारौँ बचतकर्ताहरूको करोडौँ रुपैयाँ गोर्खा मिडिया लगायतका संस्थाहरू प्रयोग गरेर अपचलन गरेको, ठगी गरेकोमा कुनै पनि दुविधा छैन । तथ्य, प्रमाण खोज्न रुपेन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदनहरू, सिआइबीले गरेको अनुसन्धान, पोखराको महानगरपालिकाले तयार गरेको प्रतिवेदन, कम्पनी रजिष्ट्रार कार्यालयले सम्पत्ति शुद्धिकरणलाई र प्रहरी कार्यालयलाई बुझाएको हस्ताक्षर, ल्याप्चे लगायतले यसको परीक्षण नै पर्याप्त छन् ।

रवि लामिछानेको हस्ताक्षर भएका थुप्रै कागजहरू, पत्रहरू, यति धेरै तथ्य र प्रमाणहरू छन कि तथ्य र प्रमाण खोज्न कहीँ जानै पर्दैन । सरकारी अड्डाहरूमै गएर तथ्य र प्रमाण केलाए हुन्छ ।’ महामन्त्री थापाले सरकारले सहकारी बचतकर्ताहरूको रकम फिर्ता गराउने काममा सरकार गम्भीर नभए समाजमा अप्रिय घटना हुनसक्नेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार