जसपा नेपाल फुटको परकम्प : मधेस सरकार अल्पमतमा

२०८१ बैशाख ३१, सोमबार

जनकपुर : मधेसमा जसपा नेतृत्वको सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको तयारी सुरु भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट बाहिरिएपछि नेकपा एमाले, माओवादी केन्द्रले जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग गठबन्धन गरी नयाँ सरकार गठनको तयारी थालेका हुन्। माओवादी केन्द्रका सांसद युवराज भट्टराईको जनकपुरधामस्थित निवासमा चलिरहेको छलफलमा एमाले, माओवादी केन्द्र, जनमत र लोसपाका सांसदहरू मधेस सरकार गठन, सरकारको संरचना, मन्त्रालयको भागबन्डा विषयम अबेर रातिसम्म छलफलमा गरी सहमति जुटाउने प्रयास भइरहेको सहभागी एक नेताले बताए।

मधेसको सरकार गठनका लागि ५४ जना सांसद चाहिन्छ। यी चार दलसँग अहिले ५५ जना सांसद छन्। मधेसको सबैभन्दा ठूलो दल एमालेसँग सभामुख सहित २५, माओवादी केन्द्रका नौ, जनमतका १३ र लोसपाका आठजना सांसद छन्। एमाले संसदीय दलका नेता सरोजकुमार यादवले भने, ‘अहिले एमाले सबैभन्दा ठूलो दल भएकाले मुख्यमन्त्रीको दाबी पनि एमालेकै छ। हामी सबैभन्दा ठूलो दल भएको नाताले सरकारको नेतृत्व गर्नुपर्छ भन्ने जायज दाबी छ। हामी तीनपटक जसपा नेतृत्वको मधेस सरकारमा गइसक्यौं। यसपाली हामीले नेतृत्व पाउनुपर्छ। छलफलबाट यसमै सहमति जुट्छ।’

मधेस सरकारको नयाँ नेतृत्व नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले गर्ने निश्चित भएको स्रोतले जानकारी दिएको छ। एमाले नेतृत्वमा माओवादी केन्द्र, जनमत, लोसपासहितको समर्थनमा नयाँ सरकार बनाउन दाबी पेस गर्ने तयारी भइरहेको छ। मधेस प्रदेशमा एमालेको सभामुखसहित २५, जनमतको उपसभामुखसहित १३, लोसपाका आठ र माओवादीका नौ गरी ५५ जना प्रदेशसभा सदस्य पुग्छन्। कुल एक सय सात प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा सरकार बनाउन ५४ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ।

प्रदेशसभामा एकीकृत समाजवादीका सात, लोसपाका आठ, जसपा नेपालका १९, कांग्रेसका २२, राप्रपाका एक, नागरिक उन्मुक्ति एक र नेपाल संघीय समाजवादी पार्टीका एकजना सांसद छन्। स्वतन्त्र सांसदहरू प्रमोद जयसवाल एमालेबाट शिक्षा तथा संस्कृति मन्त्री छन्। जसपा नेपालमा प्रवेश गरेकी स्वतन्त्र सांसद सुरिता कुमारी साह युवा तथा खेलकुदमन्त्री छन्। यस्तै, सप्तरीबाट स्वतन्त्र जितेका अनिरुद्धकुमार सिंह जसपा नेपालमा प्रवेश गरेका छन्।

यस्तै सरकारबाट एमाले र माओवादीका मन्त्रीले राजीनामा दिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार साँझ मन्त्री मण्डल पुनर्गठन गरेका छन्। एमालेलाई दिएको चार र माओवादीलाई दिएको दुई गरी ६ वटा मन्त्रालय आफैंसँग राखेर मुख्यमन्त्री यादवले मन्त्री मण्डल पुनर्गठन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार