कांग्रेसले माग सम्बोधन नभएसम्म संसद अवरोध कायमै राख्ने

२०८१ बैशाख ३१, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसले आफ्नो अडान कायमै राख्ने भएको छ। सोमवार बसेको पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठकले सरकारले संसदीय छानबिन समिति गठन नगरेसम्म संसदमा अवरोध कायमै राख्ने निर्णय गरेको हो।

कांग्रेस नेता डा.प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा सरकारले माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताए। सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग कांग्रेसले निरन्तर राख्दै आएको छ।

दुई दिन पछि पुनः बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठकले सरकारले संसद चलोस भन्ने चाहन्छ भने आज साँझसम्म प्रधानमन्त्री पुष्पकमल दाहालले छानबिन समिति बनाउने अपेक्षा गरिएको पनि उनले बताए।

गृहमन्त्रीको राजीनामा नमाग्ने निर्णय कांग्रेस शीर्ष नेताको बैठकले शनिबार बिहान गरेको थियो। डा. महतले यदि हाम्रो माग सम्बोधन भयो भने गृहमन्त्रीको राजीनामा माग नगर्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार