कोशीका मुख्‍यमन्त्री कार्कीले पाए विश्वासको मत

२०८१ बैशाख ३१, सोमबार

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्। सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन्। कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ।

आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो। ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार