नीति तथा कार्यक्रम : सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने

२०८१ जेष्ठ १, मंगलवार

काठमाडौँ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार प्रतिभावान युवालाई ‘फेलोसिप’ उपलब्ध गराउने व्यवस्था मिलाउने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा युवालाई ‘फेलोसिप’ प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेसमेत उल्लेख गरिएको छ ।

कार्यक्रममा युवा जनशक्ति परिचालन र क्षमता अभिवृद्धिका लागि राष्ट्रनिर्माणमा युवा स्वयंसेवी कार्यक्रम सञ्चालन गरिने सरकारको योजना रहेको छ ।
यसैगरी युवालाई सीप विकास, वित्तीय साक्षरता तथा उद्यमशीलता तालिममार्फत सामाजिक जीवनका सबै क्षेत्रमा महत्वपूूर्ण साझेदार र संवाहकका रूपमा अगाडि बढाउने सरकाकरको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार