कांग्रेसले गिरीबन्धु टी-स्टेटको ७० बिगाहा जग्गा कमिसन खाएर बेच्यो : ओली

२०८१ जेष्ठ २, बुधबार

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धु टी-स्टेटको जमिन कमिसनमा बेच्न दिएको आरोप लगाएका छन्।

सरकारमा रहँदा ओलीले टी-स्टेटको जग्गामा नीतिगत भ्रष्टाचार गरेको आरोप कांग्रेसले लगाइरहेका बेला उनले सो आरोप लगाएका हुन्। बुधबार  पार्टी संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस नेतृत्वको तत्कालीन सरकारले १९ बिगाहा र ५१ बिगाहा टी स्टेटको जमिन कमिसन खाएर बेच्न लगाएको आरोप लगाउँदै छानबिन गर्नुपर्ने माग समेत गरे।

‘म भन्न चाहन्छु–५१ विगाहा र १९ विगाहा गरेर ७० विगाहा जमिन त्यही गिरीबन्धु टि स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा। यसमा छानविन हुनुपर्छ। अब हामी नेपाली कांग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन। नेपाली कांग्रेसका गरेका बद्मासीहरुको बारेमा हामी कुरा उठाउँछांै। हामीले सुनिरहनुपर्ने, कांग्रेस कराईरहनुपर्ने हुन्छ ? पार्लियोमेण्ट भनेको त्यही हो ? हामी सुनिरहने, काँग्रेस कराईरहने ? यो चल्दैन।’

उनले कांग्रेसले गरेका बदमासीबारे एमाले चुप लागेर बस्ने पक्षमा नरहेको पनि जिकिर गरे। ओलीले तत्काल संसद् बैठक सुचारु गराउन पनि कांग्रेसलाई दबाब समेत दिए। कांग्रेसले गरिमामय संसद् र देशको बहुमूल्य समय खेर फाल्ने गरी संसद् अवरुद्ध गर्न नहुने ओलीको जिकिर थियो।

‘अब कांग्रेसका बकवास सुनिरहन हामी तयार छैनौं। चाहिने कुरा गरे हुन्छ नि त। एउटा प्रसंगमा कुरा चल्या छ। त्यो प्रसंगमा कुरा गरे हुन्छ। यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ । के तरिका हो यो ? र दुनियाँलाई थाहा छ। म धेरै भन्न चाहन्न। नेपाली कांग्रेसले गरिमामय संसदको यति बहुमूल्य समय, सांसदहरुको बहुमूल्य समय, यो देशको बहुमूल्य समय यस प्रकारले कुण्ठाग्रस्त भएर खेर फाल्न हुँदैन। संसद सुचारु गराउनु पर्छ। हामी सुचारु गर्ने पक्षमा छौं।’ उनले भने।

अध्यक्ष ओलीले एमालेमाथि लाञ्छना लगाउने प्रयास नगर्न पनि कांग्रेसलाई चेतावनी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
2
+1
1
+1
0

ताजा समाचार