ह्वात्तै बढ्यो सुनको मूल्य, राख्यो नयाँ रेकर्ड

२०८१ जेष्ठ ३, बिहीबार

काठमाडौं : बिहिबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १६ सय रूपैयाँले बढेर १ लाख ४० हजार  रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १७ सय ४५ रुपैयाँ कायम भएकोमा आज ६० रूपैयाँले बढेर १८ सय ५ रूपैयाँ कायम भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार