माछालाई लगाएको करेन्ट आफैलाई लागेर शेर्पाको मृत्यु

२०८१ जेष्ठ ४, शुक्रबार

सङ्खुवासभा : जिल्लाको चिचिला गाउँपालिका २ ज्यामिरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय कागुवा खोलामा माछालाई लगाएको करेन्ट आफैलाई लाग्दा स्थानीय २४ बर्षीय छेम्बी शेर्पाको मृत्यु भएको हो ।

ब्याट्रीको प्रयोग गरी खोलाको माछालाई लगाएको करेन्ट आफैलाई लाग्दा शेर्पाको घटना स्थलमा नै मृत्यु भएको चिचिला गाउँपालिका २ का वडा अध्यक्ष दिनेश कुमार राईले जानकारी दिए । शेर्पाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार