काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ । बिहिबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख ३९ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय रूपैयाँ कायम भएको छ ।





