काठमाडौं : इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर आइतबार दुर्घटना भएको छ ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा कोही जीवितै बचेको कुनै संकेत देखिएको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन् ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारकर्मी घटनास्थलमा पुगेका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुखले अवस्था राम्रो नभएको बताएका छन् । यो दुर्घटना भएको ठाउँको मौसम निकै खराब छ । जसका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको थियो ।





