फोहोर गाडीको चालक समातेपछि आक्रोशित बालेन: सिंहदरबार र नेताका घरको फोहोर उठ्दैन

२०८१ जेष्ठ ७, सोमबार

काठमाडौँ : काठमाडौं महानगरको फोहोर बोक्ने गाडीका चालकलाई समाएपछि मेयर बालेन शाह आक्रोशित भएका छन्। उनले जबसम्म स सम्मान चालकहरू रिहा हुँदैन त्यस बेलासम्म सिंहदरबार र नेताहरुको घरको फोहोर नउठ्ने बताएका छन्।

उनले लेखेका छन्, ‘भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले। जब सम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन। को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छोडिँदैन!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार