विश्वासको मतमा विश्व रेकर्ड बनाएँ : प्रधानमन्त्री प्रचण्ड

२०८१ जेष्ठ ८, मंगलवार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतमा विश्व रेकर्ड कायम गरेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा चौथोपटक विश्वासको मत लिएर बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले चौथोपटक पाएको विश्वासको मतले विश्व रेकर्ड बनेको बताएका हुन् ।आवश्यक पर्दा अझै १०/१२ पटक विश्वासको मत लिन सक्ने उनले बताए ।​ प्रधानमन्त्रीज्यू अब कतिपटक लिनु पर्ला विश्वासको मत भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने– ‘नेपालको मात्रै होइन विश्वमै रेकर्ड बनेको छ । जरुरी पर्‍यो भने १०/१२ वटा विश्वासको मत लिन्छु ।’

१६ महिनामा प्रधानमन्त्रीले चौथोपटक विश्वासको मत पाएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार