पौने दुई घण्टा ढिला गरी प्रतिनिधिसभा बैठक सुरु

२०८१ जेष्ठ ८, मंगलवार

काठमाडौँ : प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने दुई घण्टा डिला गरी सुरु भएको हो । यद्यपि मंगलबारको बैठकमा समेत नेपाली कांग्रेससहितका विपक्षी दलले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म बैठक चल्न नदिने अडान दोहोर्‍याएका छन् ।

बैठकको सुरु मै कांग्रेसका सांसदले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद बद्री पाण्डेलाई बोल्न समय दिएका छन् । उनले अहिले धारणाा राखिरहेका छन् । संघीय संसद् सचिवालयले भने मंगलबारको बैठकका लागि राष्ट्रपतिलाई धन्यवाद ज्ञापनसहित विभिन्न १० वटा कार्यसूची तयार पारेको छ ।

कार्यसूचीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन फिर्ता लिने प्रस्ताव, शिक्षामन्त्री सुमना श्रेष्ठले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार