काठमाडौँ : प्रतिनिधि सभाको बैठक अहिले जारी छ। बैठकमा प्रतिपक्षी नेपाली कांग्रेस र अन्य विपक्षी दलहरूको विरोध जारी छ। तर, सभामुख देवराज घिमिरेले संसदको कारबाहीलाई जारी राखेका छन्।
निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको बैठकमा सभामुख घिमिरेले कांग्रेस लगायत विपक्षी दलहरूको विरोध जारी रहँदै प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रोष्ट्रममा बोलाएका छन्।
कांग्रेस लगायत प्रतिपक्षी दलहरूको निरन्तर नाराबाजी गरिरहँदा पनि संसदीय कारबाही अघि बढाइरहेका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवादसम्बन्धीको प्रस्ताव र गृहमन्त्री लामिछानेले प्रस्तुत गरेको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका छन्।





