रातो मत्स्येन्द्रनाथको रथ आज लगनखेल पुर्‍याइयो

२०८१ जेष्ठ ८, मंगलवार

काठमाडौं : नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मत्स्येन्द्रनाथको रथलाई सय मिटर तानेर आज लगनखेलमा पुर्‍याइएको छ ।

रातो मत्स्येन्द्रनाथको रथलाई बालकुमारी टोल चक्रबहिलनेरबाट लगनखेल पुर्‍याइए पछि राति रथअगाडि राँगा, बोका, जिउँदो माछा र हाँसको फुल बलि चढाएर महाबलि पूजा गरिन्छ । साथै रथलाई दुई पटक घुमाइएको छ । ३२ पानेजूद्वारा पञ्चरक्षाको पाठ पनि गरिएको छ । भोलिपल्ट तानेर नरिवल खसाल्ने ठाउँ थती टोलतर्फ चलाउनु अघि रथलाई लगनखेलस्थित खरिबोटको दुईपटक परिक्रमा गराइन्छ ।

रथ थती टोलस्थित नरिवल खसाल्ने ठाउँ पुगेको भोलिपल्ट धान्यपूर्णिमामा पकाइने योमरी र ल्होंचामरीले रातो मत्स्येन्द्रनाथको अभिषेक गरेपछि पूजाअर्चना गरी रथको टुप्पोबाट नरिवल खसालिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार