सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको प्रतिक्रिया: बढ्ता हो-हल्ला गर्न जरूरी छैन

२०८१ जेष्ठ ९, बुधबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा धेरै हल्ला गर्न जरूरी नरहेको प्रतिक्रिया दिएका छन्। काठमाडौंको चन्द्रागिरिमा बुधबार पत्रकारहरूको प्रश्नमा जबाफ दिएका प्रधानमन्त्री दाहालले सिरोहिया पक्राउमा आफूले अदालती प्रक्रिया भन्ने बुझेको पनि बताए।

‘अदालती प्रक्रिया भन्ने बुझेको छु मैले,’ प्रधानमन्त्री दाहालले भने, ‘बढ्ता हो-हल्ला गर्न जरूरी छैन।’ प्रधानमन्त्री दाहालले राज्यले कान्तिपुरका सिरोहियासँग कुनै पनि रिसिइबी नसाँधेको प्रष्टीकरण दिएका छन्। गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रूपमै आउनु भयो भन्ने आरोप छ नि! भन्ने प्रश्नमा जबाफ दिएका प्रधानमन्त्री दाहालले भने, ‘त्यो मान्छेहरूले भन्ने कुरा भएको’ बताए।

उनले थपे, ‘त्यो मान्छेले भन्ने कुरा हो। अदालती प्रक्रियाबाट उहाँ निर्दोष हुनुहुन्छ, सजिलै छुट्नुहुन्छ, यो हल भइहाल्छ।’ सिरोहियालाई नागरिकताबारे धनुषा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि मंगलबार थापाथलीस्थित कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको थियो।सिरोहियालाई म्याद थप गर्ने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार